logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फका केन्द्रीय सदस्यको मतगणना जारी


अंकुरण खबर
858
Shares

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको केन्द्रीय निर्वाचनको खुला तर्फका केन्द्रीय सदस्यको मतगणना कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा जारी छ ।

खुलातर्फका ३५ केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन्। निर्वाचन समितिले खुला केन्द्रीय सदस्यका उम्मेदवारलाई आफैं वा आधिकारिक प्रतिनिधि एकजना मतगणनास्थलमा पठाउन भनेको छ ।

खुल्ला सदस्यतर्फको मतगणना भोलि बिहानसम्म सकिने अनुमान गरिएको छ । कांग्रेसमा सभापतिसहित १३ पदाधिकारीको मतमणना सकिइसकेको छ । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगाण्ना सकिएको हो ।

त्यस्तै, पिछडिएको क्षेत्र र मधेसी महिलातर्फको केन्द्रीय सदस्यको नतिजा आइसकेको छ । जसअन्तर्गत अर्जुनबहादुर सिंह र चित्रलेखा यादव विजयी भइसकेका छन् ।