logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइतबार धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने


अंकुरण खबर
1.391K
Shares

आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही( ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा

सम्बन्धित समुदायका लागि र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने भएकोले भोली आइतबार सेयर बजार बन्द हुने भएको छ ।

बिहीबारका दिन  अन्तिम सेयर कारोबार मापक नेप्से परिसूचक ३७.८७ अंकले घटेर २३७६.७४ विन्दुमा झरेको थियो भने सेन्सेटिभ परिसूचक पनि ५.८८ अंकले घटेर ४५३.५३ विन्दुमा झरेको थियो ।

कूल २२४ वटा कम्पनीको ५३ लाख ७९ हजार ८ सय ६० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रूपैयाँ बराबरको कारोबार भएको थियो ।