logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा पुस महिना भरी मेला महोत्सव


अंकुरण खबर
767
Shares

चितवन उद्योग संघको आयोजनामा शुक्रबार देखि छैँटौँ औद्योगिक प्रदर्शनी सुरू भएको छ ।

संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा भएको औद्योगिक प्रदर्शनीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले उद्घाटन गरेकी हुन् ।

यस वर्ष चिनवत पुस महिना भरी मेला महोत्सवमय बन्ने भएको छ । चितवनमा पुस महिनामा मात्रै तीन महोत्सव र एक प्रदर्शनी हुन लागेका छन् ।

४ पुस सम्म चल्ने प्रदर्शनीमा भारतीय ५० सहित दुई सय वटा स्टल रहेका छन् । उद्योग तथा व्यवसाय गर्न चाहने नवउद्यमीलाई प्रदर्शनी फलदायी हुने आयोजकको अपेक्षा छ । प्रदर्शनीमा प्रवेश निःशुल्क छ ।

पूर्वी चितवनको राप्तीमा पहिलो पटक गड्यौली महोत्सव हुने भएको छ । गड्यौली भिलेज प्रालिको आयोजनामा १४–२४ पुससम्म हुने महोत्सवमा सय वटा स्टल रहने आयोजकले जनाएको छ ।

‘कोरोनाका कारण थलिएको व्यवसाय प्रवर्द्धन गर्न महोत्सव गर्न लागिएको हो,’ आयोजक गड्यौली भिलेज प्रालिका निर्देशक गणेश लामाले भने, ‘महोत्सवमा कृषि, पर्यटन र व्यवसायलाई प्राथमिकता दिन्छौँ ।’

करिब ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ८० रुपैयाँ र विद्यार्थीलाई ६० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

उद्योग वाणिज्य संघ चितवनले १३औँ संस्करणको चितवन महोत्सव २५ पुसदेखि ५ माघसम्म गर्ने भएको छ ।  गत वर्ष नै हुनु पर्ने महोत्सव कोरोना महामारीका कारण एक वर्ष पछाडि धकेलिएको हो । महोत्सवको तयारी तीव्र बनाइएको छ ।

महोत्सवमा करिब चार सय वटा स्टल रहने उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताए । कोरोना महामारीका कारण थला परेका उद्योग व्यवसायलाई उकास्न र यहाँको आर्थिक गतिविधि चलायनमान बनाउन महोत्सव फलदायी हुने अपेक्षा गरिएको उनी बताउँछन् ।

रत्ननगर उद्योग वाणिज्य संघले पनि पुसमै महोत्सव गर्ने भएको छ । ११ औँ संस्करणका रत्ननगर महोत्सव २७ पुसदेखि ८ माघसम्म आयोजना गर्न लागेएको संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । महोत्सवमा तीन सय ५० वटा स्टल हुने छन् । पाँच लाखभन्दा बढीले महोत्सव अवलोकन गर्ने अनुमान गरेको उनको भनाइ छ ।