logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकल दुर्घटनामा भाईको मृत्यु, दिदी गम्भीर घाइते


अंकुरण खबर
1.43K
Shares

काठमाडौं – पर्साको धोबिनी गाउँपालिका–२ आशबारीमा मोटरसाइकल दुर्घटना हुँदा भाईको मृत्यु भएको छ भने दिदी गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा धोबिनी गाउँपालिका–४ का ३५ वर्षीय अशोक प्रसाद साह रहेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार लंगडीबाट जानकीटोल तर्फ जाँदै गरेको ना २१ प १५७९ नम्बरको मोटरसाइकल आज बिहान पल्टिँदा गम्भीर घाइते भएका अशोकको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा अशोककी दिदी ४२ वर्षीया सुनैना देवी गम्भीर घाइते भएकी छन् । सुनैनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।