logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एनसेलद्धारा खुद्रा विक्रेता पुरस्कृत, सुनदेखि बाइकसम्म पुरस्कार


अंकुरण खबर
1.846K
Shares

काठमाडौं – नीजि क्षेत्रको दुर सञ्चार प्रदायक कम्पनी एनसेलले काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स् (खुद्रा विक्रेता) लाई पुरस्कार हस्तान्तरण गरेको छ ।

एनसेलले हाल संचालनमा रहेको आफ्नो एनसेल सुपर सेलर योजना अन्तर्गत काठमाडौं र ललितपुरका खुद्रा विक्रेताललाई पुरस्कृत गरेको हो ।

खुद्राविक्रेताहरुले एक कार्यक्रम माझ सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ्ग मसिन पाएका छन् । त्यसैगरी ७ खुद्रा विक्रेताहरुले २४ क्यारेटको १–१ तोला सुन पुरस्कार पनि पाएका छन् ।

एनसेलले आफ्ना देशभरी रहेका खुद्रा विक्रेताहरुलाई लक्षित गरी एनसेल सुपर सेलर योजना गत २०७५ चैत्त देखि लागु भई २०७६ पुष मसान्तसम्म जारी रहने छ ।