logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्टाफ नर्स अनुपमा श्रेष्ठको निधन


अंकुरण खबर
364
Shares

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्स अनुपमा श्रेष्ठको निधन भएको छ ।

उनी शुक्रबार बाथरुममा बेहोस अवस्थामा भेटिएकी थिइन् । उपचारका लागि हिजो नै अस्पताल ल्याइएको र उपचारकै क्रममा आज अपरान्ह ४ बजेतिर निधन भएको अस्पतालमा कार्यरत एक नर्सले जानकारी दिइन् ।

अनुपमा श्रेष्ठ गत जुलाइदेखि उक्त प्रतिष्ठानमा आवद्ध थिइन् ।

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले एक होनाहार स्वास्थ्यकर्मी गुमाएको भन्दै दु:ख व्यक्त गरेका छन् ।