logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सबै समुदायको हकअधिकार र पहिचानले नै राष्ट्रियता सदृढ हुन्छ : प्रचण्ड


अंकुरण खबर
533
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताएका छन्।

किराँत समुदायको पर्व उधौली तथा नेवार समुदायले मनाउने योमरी पुन्हिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली किराँत र नेवार समुदायमा शुभकामना व्यक्त गर्दै उनले सबै समुदायको हकअधिकार र पहिचानले नै राष्ट्रियता सदृढ हुने बताए।

समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिको ठूलो योगदान रहँदै आएको स्मरण गरेका छन्।

हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति भएको तथ्य पेश गर्दै उनले यही सांस्कृतिक विविधतासहितको सहिष्णुता नै नेपाली समाजको एकता भएको सन्देशमा उल्लेख गरेका छन्।

अध्यक्ष प्रचण्डले यी र यस्ता पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा आपसी सद्भाव र सहअस्तित्वको भावना विकास गर्न सहयोग पु¥याउने जनाउँदै शुभकामना व्यक्त गरेका छन्।