logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओरालो लाग्यो नेप्से परिसूचक


अंकुरण खबर
2.184K
Shares

काठमाडौं – सोमबारको कारोबारमा दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार भने घटेको छ । आज नेप्सेमा ५.६१ अंकले घटेर ११३९.९६ बिन्दुमा झरेको छ ।

सोमबार कुल १६१ वटा कम्पनीको १० लाख ८२ वटाभन्दा बढी कित्ता शेयर ३७ करोड ९८ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको छ । आज कारोबार रकम, परिसूचकसँगै कारोबार संख्या पनि अघिल्लो दिनभन्दा कम हो ।

आज कारोबारमा आएका समूहमध्ये उत्पादन समूहबाहेक बाँकी सबै समूह घटेका छन् । आज  हिमालयन डिस्टिलरीको शेयर सबैभन्दा बढी कारोबार भएको छ । १०२ प्रतिशत लाभांश घोषणा गरेको कम्पनीको शेयर ६ करोड ९७ लाखभन्दा बढीको कारोबार भएको छ ।

आज ३५ प्रतिशत लाभांश घोषणा गरेको एनएमबी बैंकको शेयर कारोबार ६ करोड ४५ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै आज जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।