logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शनिबार राति रोकिएको कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु


अंकुरण खबर
910
Shares

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणना सुरु भएको छ ।

शनिबार राति रोकिएको मतगणना आइतबार बिहान १० बजेपछि पुनः सुचारु भएको हो ।

शनिबार दिउँसो १२ बजेदेखि सुरू भएको मतगणना राति ११ बजेसम्म २३९३ मत गणना सकिएको छ।खुला केन्द्रीय सदस्यतर्फ ४६८२ मत खसेको निर्वाचन समितिले जनाएको छ।

हालसम्म भएको गण्मनामा डा शशांक कोइराला पहिलो स्थानमा छने भने दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक रहेका छन्।

आज रातिसम्म मतगणना सम्पन्न गर्ने तयारी निर्वाचन समितिको छ।