logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसिसीबारे धारणा बनाउन एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच छलफल


अंकुरण खबर
442
Shares

नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुबीच अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे छलफल भएको छ।

एमसिसीबारे पार्टीभित्र समान धारणा बनाउन आज (आइतबार) बिहान काठमाडौंमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका मन्त्री र सांसदहरूबीच छलफल भएको हो।

छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पहलमा आजै बस्ने सर्वदलीय बैठकमा पार्टीका तर्फबाट राख्ने धारणा तयार पारिएको जनाइएको छ। नेताहरुले सार्वजनिक अभिव्यक्ति दिँदा पनि एमसिसीबारे एउटै धारणा हुनुपर्नेमा पनि बैठकले जोड दिएको एक नेताले बताए।

एमसिसीबारे पार्टीले पहिलेदेखि नै लिँदै आएको अडान परिवर्तन गर्न नगर्ने धारणा धेरैजसो नेताहरुले राखेको जनाइएको छ।

अध्यक्ष नेपालले एमसिसीबारे नेपालका दलहरूले साझा दृष्टिकोण बनाएर अघि बढ्नुपनेर् बताउँदै आएका छन्।