भौरहवामा आज चिसो ह्वात्तै बढेको छ ।
पश्चिम तराईमा हुस्सु, कुहिरो लागेसँगै चिसो बढेको छ । भैरहवास्थित गौतम बुद्ध विमानस्थलको जल तथा मौसम मापन केन्द्रका अनुसार भैरहवाको बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
चिसो बढेसँगै सर्वसाधरणहरु सडक, चोकहरुमा आगोको बालेर बस्न थालेका छन् भने चिसोले जाडोयामका कपडाहरुको व्यापार पनि भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान धनगढीको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस, नेपालगंजको ८ दशमलव शून्य, सिमराको ९ दशमलव शून्य, जनकपुरको ७ दशमलव ५ र विराटनगरको ९ दशमलव शून्य मापन गरिएको छ ।