logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु


अंकुरण खबर
1.014K
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ ।

सो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अनुपस्थित रहेको छ ।

माधव नेपालले दर्ता गरेको पार्टीलाई आफूहरुले स्वीकार नगरेको भन्दै एमाले अनुपस्थित भएको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि अर्को कार्यक्रममा जानुपर्ने भन्दै बालुवाटारबाट बाहिरिएका छन् ।

केही बेर अघि मात्र सुरु भएको बैठकमा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री  शेरबहादुर देउवा सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी दलका अध्यक्ष उपेन्द्र यादव लगायतको उपस्थिति रहेको छ ।