logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनुषाको ढल्केवरबाट १९ किलो गाँजा बरामद


अंकुरण खबर
559
Shares

प्रहरीले सवारी चेकजाँच गर्दा धनुषाको ढल्केवरमा एक स्कार्पियोबाट १९ किलो गाँजा बरामद गरेको छ ।

ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीका अनुसार बर्दिबासबाट आइरहेको बी।आर.३२ के ९१२७ नम्बरको स्कार्पिओलाई शंका लागेर चेकजाँच गर्न रोक्न खोज्दा भागेको र सो स्कार्पियोको पिछा गर्दै जाँदा केही पर बसही खोला नजिक पुलमा ठोक्किएर दुर्घटना भएको थियो ।

त्यसमा खानतलासी गर्दा १९ किलो गाँजा बरामद भएको हो ।

गाडीमा चेकजाँच गर्दा गाँजा फेला परेको र त्यसमा बसेका मानिसहरुको खोजी गर्दा ऊखु खेतमा लुकेर बसेका एकजना भारतीय नागरिकलाई पक्राउ गरिएको गरिएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला खिरहर थाना हिसार ग्राम पञ्चायतका २२ वर्षीय विजय कुमार महतो रहेको प्रहरी निरिक्षक प्रदीप सुवेदीले जानकारी दिए ।