सत्ता गठबन्धन दलले अवरुद्ध हुँदै आएको संसद खुलाउनका लागि एमालेसँग वार्ता गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको छ ।
आइतबार सर्वदलीय बैठक अगाडि बसेको सत्तारूढ दलको बैठकले एमालेलाई सहमतिमा ल्याउने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको हो ।
सर्वदलीय बैठकमा देउवाले एमसीसी र संसदको अवरोध हटाउने बारे अन्य राजनीतिक दलहरूको धारणा सुनेका थिए ।
बैठकमा नेकपा एमाले बाहेकका दलहरू सहभागी थिए ।