logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उभौली पर्वको अवसरमा किराँत राजा यलम्बरको शालिक अनावरण


अंकुरण खबर
1.664K
Shares

उभौली पर्वको अवसरमा किराँत राजा यलम्बरको शालिक अनावरण गरिएको छ ।

उदयपुरको चौदन्डीगढी नगरपालिका-७ बुधबारेस्थित साकेला थानमा प्रथम किराँत राजा यलम्वर हाङको ढुङ्गे शालिक अनावरण गरिएको हो । करिब ५ फिटको सो ढुङ्गे शालिक चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले अनाबरण गरेका हुन ।

राईले आदिवासी जनजातिले राष्ट्रिय एकतालाई जोगाउन विशेष ध्यान दिनुपर्ने बताए

शालिक स्वर्गीय कृष्णबहादुर राईको स्मृतिमा उनकी श्रीमतीत्रय किन्दरमाया, सुनमाया र ध्रुवतारा राई लगायत परिवारका सदस्यले ४ लाख २५ हजार रुपैयाको लगानीमा तयार गरिएको हो ।

एउटै ढुङ्गालाई कोपेर मूर्तिकार धिराज राईले शालिक निर्माण गरेका हुन् । यलम्वर हाङको मूर्ति अनवारण पश्चात् उपस्थित किराँतहरुले साकेला सिलि नृत्यमा उत्सव मनाएका थिए ।

कार्यक्रम किराँत राई यायोख्याका नगर कमिटी अध्यक्ष अन्जना राईको अध्यक्षतामा भएको थियो । उभौली पर्व १५ दिन सम्म मनाईने गरिन्छ ।