भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिरहेको छ ।
ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १५३ पुगेको छ। यो भाइरसबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ ।
आइतबार मात्रै महाराष्ट्रमा ६ र गुजरातमा ४ नयाँ संक्रमित थपिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएको हुन् । देशका १२ राज्यमा फैलिसकेको ओमिक्रोनबाट संक्रमितको संख्या दिनप्रतिदनि बढ्दै गएको हो ।
हाल महाराष्ट्रमा ५४, दिल्लीमा २२, तेलंगानामा २०, राजस्थानमा १७,कर्नाटकमा १४, गुजरातमा ११, केरला आन्ध्र प्रदेश, चंडीगढ,तमिलनाडु र पश्चिम बंगालामा ओमिक्रोनका बिरामी भेटिएका छन् ।