logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एभीसी सेन्ट्रल जोनः आज नेपाल र माल्दिभ्सबीच भिड्दै


अंकुरण खबर
1.209K
Shares

काठमाडौं – बंगलादेशमा जारी पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन ९एभिसी० सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज बुधबार नेपाल र माल्दिभ्स भिड्दै छन् ।

ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुने छ । एक खेल अगावै फाईनल पुगेका दुवै टिम समुह चरणको अन्तिम खेलमा भिड्न लागेका हुन् ।

नेपालले पहिलो खेलमा अफगानिस्तान, दोस्रो खेलमा कीर्गिस्तानलाई तथा तेस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।

प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालसहित किर्गिजस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तान सहभागि छन् ।

राउण्ड रोविन लिगका आधारमा संचालन भइरहेको प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।