logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन


अंकुरण खबर
1.3K
Shares

नेपाल स्टक एक्स्चेन्ज (नप्से)मा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेले कम्पनीको १९ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । समायोजनपछिको भाउ ११ सय  रुपैयाँ ८४ पैसा निर्धारण भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिन अर्थात् सोमबारको अन्तिम कारोबार मूल्य १३ सय १० रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने १९ प्रतिशत बोनस सेयर र कर तिर्न सहित छ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्न १५ पुसमा एलिस रिसेप्सन, गैरिधारा काठमाडौंमा सभा आह्वान गरेको छ । जसका लागि कम्पनीले आज पुसमा बुक क्लोज गरिसकेको छ ।