logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर सामान्य बदली : उच्च हिमाली भेगमा हिमपात तथा थोरै भागमा वर्षाको सम्भावना


अंकुरण खबर
910
Shares

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

आज (बुधबार) बिहान पहाडी भूभागमा आंशिक बदली छ भने तराई हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात तथा थोरै भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यस्तै, बिहीबार प्रदेश १, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार राति उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।