logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

९२ अंकले बढ्यो सेयर बजार


अंकुरण खबर
1.144K
Shares

सेयर बजार नेप्से परिसूचक ९२ दशमलव १६ अंकले बढेको छ ।

२ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने १८६ वटा कम्पनीको सेयर मुल्य बढेको छ। आज सेयर बढेर २५०७ दशमलव ७० विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार आज सबैभन्दा धेरै हिमालयन डिस्टीलरी लिमिटेडको ६८ करोड ३४ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ।

आज २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ सेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँको सेयर किनबेच भएको छ।

अपर तामाकोशी हाइड्रोपावरको पन्ध्र करोड ४२ लाख ५४ हजार, अरुण भ्याली हाइड्रोवापरको १३ करोड ९० लाख १७ हजार, गुराँस फाइन्नासको तेह्र करोड ३७ लाख ६५ हजार र नबिल बैंकको एघार करोड ७८ लाख ४५ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

आज सेयर बढेसँगै अरुण भ्याली हाइड्रोपावर डेभलेपमेन्ट, शिवम् समेन्ट, अपर तामाकोशी हाइड्रोपावर र बरुण हाइड्रोपावरका लागनीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतले आम्दानी गरेका छन् । त्यसै गरी  स्वाभिमान लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन्।