logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुह्येश्वरी मर्चेण्ट बैंकिङले बोलायो साधारणसभा


अंकुरण खबर
624
Shares

गुह्येश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २९ पुसमा साधारणसभा बोलाएको छ।

सभामा फाइनान्सले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरलेको बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यस्तै, अन्य उपयुक्त वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशनसम्बन्धी कार्य गर्न  सञ्चालक समितिलाई अख्तियारी दिने, फाइनान्सको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा छन् ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि फाइनान्सले २२ पुसमा बुकक्लोज गर्ने भएको छ । यसर्थ, २१ पुससम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र फाइनान्सको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।