logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपनिर्वाचन २०७६ : स्थानीय तहमा उमेदवारी दर्ता सम्पन्न


अंकुरण खबर
1.222K
Shares

काठमाडौं – स्थानीय तहका लागि मंसिर १४ गते हुने निर्वाचनका लागि आज उमेदवारको मनोनयन सकिएको छ । निर्वाचन आयोगले मनोनयनका लागि बिहान १० देखि दिउँसो १ बजेसम्म समय तोकेको थियो ।

स्थानीय तहको प्रमुख-उपप्रमुखका लागि एक हजार पाँच सय र वडाध्यक्षका लागि एक हजार धरौटी तोकिएको छ । स्थानीय तहको १ उपमहानगरपालिकामा प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको फाल्गुनन्द, सङ्खुवासभाको मकालु, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ । उमेदवारहरुको प्राराम्भिक नामावली आजै सार्वजानिका गर्ने निर्वाचन आयोगले गरेका छन् ।