logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२९३ कोभिड–१९ संक्रमित २ जनाको मृत्यु


अंकुरण खबर
624
Shares

पछिल्लो २४ घण्टामा देशभर २९३ जना कोभिड–१९ संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ ।

११ हजार ६२६ वटा स्वाब नमुनाको परीक्षण गर्दा २९३ जनामा संक्रकमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा २६३ जना संक्रमणमुक्त भएका छन् भने नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या पाँच हजार १६१ रहेको छ ।