logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

श्रृजनशील लघुवित्तले आईपीओ निष्काशन गर्दै


अंकुरण खबर
1.118K
Shares

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ३७ हजार २५ कित्ता आईपीओ निष्काशन गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजत प्राप्त गरेको यस लघुवित्त वित्तीय संस्थाको कार्यलय सिराहाको ७, चोरहवामा रहेको छ ।

यस कम्पनीले तीन करोड ३७ लाख दुई हजार पाँच सय रुपैयाँ बराबरको साधारण सेयर

निकट भविष्यमै  गर्ने निष्काशन कम्पनीले जनाएको छ ।

यसको लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको  र यसका लागि लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको  कम्पनीले जनाएको छ ।