logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फ १५ केन्द्रीय सदस्य निर्वाचित


अंकुरण खबर
1.326K
Shares

नेपाली कांग्रेसमा आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।

आदिवासीतर्फ खुला र महिला गरी १५ केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो ।

खुलातर्फ चीनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुर सिंह लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, तारामान गुरुङ, आङ्गेलु शेर्पा र टेकप्रसाद गुरुङ विजयी भएका छन् ।

त्यस्तै महिलातर्फ सातै जना देउवा समूहका निर्वाचित भएका छन् । निर्वाचित हुनेमा सीता गुरुङ, अञ्जनी श्रेष्ठ, सरस्वती वजिमय, गंगालक्ष्मी अवाल, माया राई, सीता कुमारी राना र सुशीला थिङ रहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।