logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

रुपज्योति पक्राउको विरोधमा उद्योग वाणिज्य संघले आज न्यूरोडमा प्रदर्शन गर्दै


अंकुरण खबर
975
Shares

काठमाडौं – ज्योति ग्रुपका उपाध्यक्ष रुप ज्योतिको पक्राउको सर्वत्र विरोध भएको छ । नियोजित रुपमा उनलाई पक्राउ गरिएको भन्दै नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आज काठमाडौंको न्यूरोडमा प्रदर्शन गर्दैछ ।

संघले शान्तिपूर्ण मौन भेला आयोजना गरेको हो । उद्योगी व्यवसायीको रक्षा गर रुपज्योतिलाई रिहा गर भन्ने नारा सहित संघले प्रदर्शन गर्न लागेको हो ।

यसअघि नै उद्योग बाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्श, अटोमोवाइल एसोसियनले यसअघि नै पक्राउप्रति आपत्ति जनाइसकेका छन् । नाडाले बुधबार काठमाडौंमा प्रदर्शन समेत गरेको छ ।

ल्याण्डमार्क हाउजिङमा भएको गठीको आरोपमा विज्ञेन्द्रकृष्ण श्रेष्ठले दिएको उजुरीका आधारमा प्रहरीले ज्योतिलाई पक्राउ गरेसँगै नीजि क्षेत्र आक्रोशित छ ।

हाउजिङ विवादमा ज्योतिको पक्राउ गैरकानूनी भएको नीजि क्षेत्रको आरोप छ । देवानी मुद्दाको विषयलाई फौजदारी मुद्दासँग जोडेर पुरै परिवारविरुद्ध पूर्जी काट्नु गलत भएको कानून व्यवसायीहरुले समेत बताउदै आएका छन् ।