logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज देशभर सामान्यतया मौसम सफा रहने, उच्च हिमाली भेगमा हिमपातको सम्भावना


अंकुरण खबर
494
Shares

शुक्रवार देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ ।