logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चाेकमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु


अंकुरण खबर
377
Shares

मेलम्ची नगरपालिका-१० शिखरपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बा २ ख ३६८९ नम्बरको ट्रक शुक्रबार बिहान दुर्घटना हुँदा जुगल गाउँपालिका सेलाङका कमल कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । कार्की गाडी धनी हुन् ।

सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार अहिले प्रहरी घटनास्थल पुग्दैछ  ।