logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लाभांश प्रस्ताव पारित गर्न ३० पुसमा नबिल बैंकले बोलायो साधारण सभा


अंकुरण खबर
975
Shares

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्न ३० पुसमा वार्षिक साधारण सभा बोलाएको छ ।

सभा बैंकको केन्द्रीय कार्यालय परिसर, नबिल सेन्टर, तीनधारा, दरबारमार्गमा बिहान साढे ९ बजेका लागि ३७औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ३३ दशमलव ६० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित चार दशमदव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पुँजी १० अर्ब पुर्‍याउने, संस्थापक सेयर धनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पारित हुनेछ।

सभा प्रयोजनका लागि बैंक्ले १६ पुसमा बुकक्लोज गर्ने भएको छ। यसर्थ, १५ पुस सम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले बैंकको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।