logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुवै मिर्गौला फेल भएकी बालिकालाई ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’को सहयोग


अंकुरण खबर
585
Shares

खोटाङका युवाले सञ्चालन गरेको ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’ले दुवै मिर्गौला फेल भएकी बालिकालाई उपचार खर्च प्रदान गरेको छ ।

जन्तेढुंगा गाउँपालिका – ५ चिसापानी घर भई हाल इटहरी बस्दै आएका युवा उमेश कोइरालाले सञ्चालनमा ल्याएको फेसबुक ग्रुप मार्फत खोटेहाङ गाउँपालिका – ४ बड्कादियालेकी १४ वर्षीय कविता विश्वकर्मालाई १० हजार सहयोग जुटाइएको हो ।

दुवै मिर्गौला फेल भए पछि हाल त्रिभुवन शिक्षण अस्पताल काठमाडौंमा उपचाररत विश्वकर्माको उपचारमा सहयोग पुर्‍याउने लक्ष्यका साथ फेसबुक ग्रुपमार्फत सहयोग जुटाएर हस्तान्तरण गरिएको ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’का एड्मिन कोइरालाले जानकारी दिए ।