logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

छिमेकी मुलुकसँग आँखामा आँखा जुधाएर कुरा गर्ने वातावरण सिर्जना गर्न चाहन्छौं : ईश्वर पोखरेल


अंकुरण खबर
1.183K
Shares

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छिमेकी मुलुकसँग आफूहरूले आँखामा आँखा जुधाएर कुरा गर्नसक्ने वातावरणको सिर्जना गर्न खोजेको बताएका छन् ।

तिलक फिल्म प्रालिको पाँचौं वार्षिकोत्सवमा बोल्दै नेता पोखरेलले एमालेले छिमेकी देशसँगको सम्बन्ध बलियो बनाउन चाहेको बताएका छन् ।

‘यहाँ विदेशी सक्तीसामु लम्पसार पर्ने प्रवृत्ति छ । छिमेकीले कुनै गल्ती गर्दा हामी बोल्न सक्दैनौं । तर, एमाले त्यसका खिलाफमा छ । हामी आँखामा आँखा जुधाएर कुरा गर्नसक्ने स्थिति सिर्जना गर्न चाहन्छौं,’ उनले भने ।

उनले अहिले नेपाली राजनीतिमा दुई धार रहेको धारणा राखेका थिए । एउटा जनताको पक्षमा काम गर्ने र अर्को कुर्सीको लागि मरिहत्ते गर्ने गरी दुई धार रहेको उनले बताए ।

‘हामी प्रगति चाहन्छौं । जनतालाई समृद्धिका सपना बाड्छौं । सोही अनुसार काम पनि गर्छौं,’ उनले भने, ‘अर्को गठबन्धन छ । जसले कहिले काम गर्दैन । सधैँ कुर्सीकै लागि मरिहत्ते गर्छ ।’

उनले फरक प्रसंगमा बोल्दै कला, संस्कृतिको समृद्धिले मात्रै मुलुक समृद्ध हुनसक्ने बताएका थिए । राजनीतिले विखण्डन ल्याएमा त्यसको एकता गीत, संगीतले नै गर्ने उनले बताएका थिए ।