logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागुऔषध सहित दुई जना पक्राउ


अंकुरण खबर
845
Shares

महोत्तरीको माइस्थान  – सम्सी सडकखण्डबाट लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राति औरही नगरपालिका कठुधार स्थित अस्थायी प्रहरी चेक पोस्टबाट खटिएको प्रहरीले बर्दिबास -७ बस्ने २२ वर्षीय सञ्जय परियार र उदयपुर कटारी बस्ने १९ वर्षीय अजय नेपालीलाई पक्राउ गरेको हो ।

सम्सीबाट बर्दिबास तर्फ गइरहेको ना४ख ३९५९ नम्बरको बसमा चेकजाँच गर्नेक्रममा सञ्जय परियारको साथबाट नाइट्रोभेट – १० लेखिएको ३० ट्याब्लेट र अजय नेपालीको साथबाट नाइट्रोभेट (१० नै लेखिएको १५ ट्याब्लेट गरी जम्मा ४५ ट्याब्लेट लागुऔषध बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर लागुऔषध मुद्दामा ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।