logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बङ्गलादेशका राष्ट्रपति हमिद धर्मपत्नीका साथ पोखरामा


अंकुरण खबर
1.43K
Shares

काठमाडौं – बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा पुगेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चार दिवसीय भ्रमणअन्तर्गत पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आफ्नी धर्मपत्नीका साथ राष्ट्रपति हमिद आज पोखरा पुगेका हुन।

काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा राष्ट्रपति हमिद पुगेका हुन । सो अवसरमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उनको स्वागत गरे ।

सोही अवसरमा राष्ट्रपति हमिदसमक्ष पञ्चकन्याद्वारा फूल अर्पन गर्नुका साथै पञ्चेबाजाको धुनबाट भव्य स्वागत गरिएको छ । विमानस्थलबाट राष्ट्रपति हमिद आरामका लागि फिस्टेल होटल पुगेका छन । त्यसपछि, उनी पोखराको फेवातालमा जलविहार गर्ने कार्यक्रम रहेको छ ।