logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय क्रिकेट टोलीका मूख्य प्रशिक्षक दसानायके नेपाल आउँदै


अंकुरण खबर
637
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका पुबुदु दसानायके आज नेपाल आउँदैछन्।

उनी क्यानाडाबाट नेपाल आउन लागेका हुन्। नेपाल क्रिकेट संघ क्यानले गएको मंसिर २५ गते पुबुदुलाई नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।

पुबुदु दोस्रोपटक नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्। यसअघि सन् २०११ देखि २०१५ सम्म पुबुदु नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक रहेका थिए।

मुख्य प्रशिक्षकमा नियुक्त भएका पुबुदु नेपाल आइनपुग्दा नेपाली क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण प्रभावित भइरहेको छ। क्यानले नेपाली क्रिकेट खेलाडीहरुलाई पोखरामा बन्द प्रशिक्षण दिने बताएको छ।