logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महालक्ष्मी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


अंकुरण खबर
806
Shares

सोमबार महालक्ष्मी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

बैंकले १३ पुसमा बुकक्लोज गर्दै छ । यसर्थ, साेमबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले बैंकको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

महालक्ष्मीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत अर्थात् ६६ करोड ८४ लाख ८० हजार ५४५ रुपैयाँ बराबरको बोनस सेयर र लाभांशमा लाग्ने करसहित एक दशमलव ०५ प्रतिशत अर्थात् तीन करोड ५१ लाख ८३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्न २५ पुसमा २०औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा लाभांश प्रस्ताव तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको निर्वाचन गर्नेलगायतका प्रस्तावहरु पेस हुनेछ ।