logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सान्जेन जलविद्युत कम्पनीको वार्षिक साधारणसभा १३ पुसमा


अंकुरण खबर
949
Shares

सान्जेन जलविद्युत कम्पनीले १३ पुसमा साधारणसभा बोलाएको छ ।

सभा स्मार्ट क्याफे धुम्बाराही काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कोरोना महामारीका कारण कम्पनीको सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।

कम्पनीले यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित हुनेछ । साथै, सभामा आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि ५ देखि १३ पुससम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार, ४ पुससम्म नेप्सेमा कायम सेयरधनीले कम्पनीको सभामा सहभागिता जनाउन सक्नेछन् ।