युट्युबमा अश्लील शीर्षक राखी भिडिओ अपलोड गरेपछि एक युवक प्रकाउ परेका छन।
नेपाल प्रहरीको साइबर ब्यूरोले बागलुङको निसिखोला गाउँपालिका(१ घर भइ हाल अनामनगर बस्दै आएका ३१ वर्षीय रामबहादुर मल्ललाई पक्राउ गरेको छ।
भिडिओमार्फत अश्लीलता फैल्याएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मल्ललाई जिल्ला अदालत काठमाडौंको अनुमतिमा ५ दिनको म्याद थपेर कारबाही अघि बढाइएको पनि उनले बताएका छन्।
मल्लले प्र्याङकका नाममा विवादित भिडिओ युट्युबमा हाल्दै आएका थिए।
