logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा विजयी भलिवल टोलीलाई प्रधानमन्त्रीको बधाई


अंकुरण खबर
871
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा विजयी महिला भलिवल टोलीलाई बधाई दिएका छन् ।

मंगलबार बगंलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको फाइनल खेलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपालले उपाधि जितेको हो । बेस्ट अफ फाइभमा दुवै टिमले दुई–दुई सेट जितेपछि उपाधिको छिनोफानो अन्तिम सेटमा भएको थियो ।

उपाधि जितेसँगै प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटर मार्फत महिला टोलीलाई बधाइ दिएका हुन् ।

‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा लगातार दोस्रोपटक उपाधि जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई हार्दिक बधाई’ देउवाले लेखेका छन् ।