logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्लामा हिमपात, चिसोबाट बच्न प्रशासनको आग्रह


अंकुरण खबर
1.599K
Shares

जुम्लामा मंगलबार रातिबाट हिमपात भएको छ ।

हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ।

जुम्ला प्रशासनले  चिसाेबाट बच्न न्यानाे भएर बस्न आग्रह गरेको छ ।

जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान,अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएकाे प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बताइन् ।

‘बालबालिका र बृद्धबृद्धालाई  न्यानो तथा  शरीर ढाक्ने गरी लुगा लगाउन सार्वजानिक सूचनामार्फत अनुरोध   गरिएकाे छ,’ उनले भनिन् ।

प्रशासनले  कुनै घटना भएमा तत्काल नजिकैको प्रहरी चौकीमा  खबर गर्न पनि भनेकाे छ ।