logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

करेन्ट लागेर दुई भारतीय मजदुरको मृत्यु


अंकुरण खबर
897
Shares

काठमाडौं – तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर २ जामुनेमा करेन्ट लागेर बिहीबार दुईजना भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २२ वर्षीय आजाद आलम र २५ वर्षीय सागर आलम रहेका छन् । उनीहरु जामुनेमा निर्माण भईरहेको स्वास्थ्य चौकी भवनमा मजदुरको रुपमा कार्यरत थिए ।

स्वास्थ्यचौकी भवनमा मार्बलको काम गर्ने क्रममा विद्युत शट भएर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । मृतक दुवैको शव दमौली अस्पतालमा राखिएको छ ।