logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईएमई पेबाट चन्द्रागिरि केबुलकार टिकट काट्दा ३० प्रतिशत क्यास ब्याक


अंकुरण खबर
728
Shares

मोबाइल वालेट ‘आईएमई पे’मार्फत चन्द्रागिरि केबुलकारको टिकट बुकिङ गर्दा प्रयोगकर्ताले ३० प्रतिशत क्यास व्याक पाउने भएका छन् ।

कम्पनीले जाडो मौसमलाई लक्षित गरी यो सुरु गरेको योजना १ जनवरीसम्म मात्र मान्य हुनेछ ।

योजनाअन्तर्गत प्रयोगकर्ताले आईएई पे वालेटबाट केबुलकारको टिकट बुकिङ गरेपछि ३० प्रतिशत रकम प्रयोगकर्ताको वालेटमै फिर्ता हुनेछ ।

प्रयोगकर्ताले आईएमई पे मार्फत काटेको टिकमा मात्र यो अफर लागु हुने कम्पनीले जनाएको छ ।

आईएमई पे तथा चन्द्रागिरी हिल्स दुवै आईएमई ग्रुपद्धारा प्रवद्धित कम्पनी हुन् ।