logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

राष्‍ट्रिय सभाको निर्वाचन माघ १२ मा


अंकुरण खबर
507
Shares

राष्‍ट्रिय सभाको निर्वाचन यही माघ १२ गते हुने भएको छ ।

२० पुसमा उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता गर्ने कार्यसूची भए पनि नेकपा माओवादी केन्द«को महाधिवेशनका कारण

सत्ता गठबन्धनमा आबद्ध दलहरूले उम्मेदवार चयन गर्न सकेका छैनन् । जसले गर्दा साझा उम्मेदवार छनौटमा ढिलाइ भएको छ ।

माओवादीको महाधिवेशन सकिना साथ उम्मेदवारका विषयमा छलफल हुने सत्तारुढ गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिका एक सदस्यले बताए जानकारी दिए ।

संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । तर माओवादीको महाधिवेनका कारण गठबन्धनअन्तगतको राजनीतिक समन्वय समितिको बैठक बस्‍न सकेको छैन ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल सकिदै छ ।

यी २० जना मध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुने र १९ जना निर्वाचनबाट आउनेछन् ।