logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

जिते ‘द ग्लोबल एम्पावरमेन्ट अवार्ड २०२१’ को उपाधि पार्कर दिनेश सुनारले


अंकुरण खबर
1.365K
Shares

विटी गसिप एसोसिएसनले प्रदान गर्दै आएको ‘द मोस्ट डिस्टिन्ग्युइस्ड इन्टरनेशनल अवार्ड : ग्लोबल एम्पावरमेन्ट अवार्ड २०२१’ पार्कर दिनेश सुनारले जितेका छन् ।

आफ्नो सीप र दक्षताका आधारमा पेशामा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्तिहरूको पहिचान र मान्यता  र सक्रिय रूपमा विश्वका सबै कुना सम्म पुग्ने, सबै क्षेत्रमा उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिने उद्देश्यले यो अवार्ड प्रदान गरिँदै आएको छ ।

ग्लोबल एम्पावरमेन्ट अवार्डले सहभागीहरूलाई उनीहरूको उपलब्धि र सेवाहरूको गुणस्तर प्रदर्शन गर्ने अवसर प्रदान गर्ने

खोटाङ जिल्लाका पार्कर सुनार उत्तर अमेरिकी क्षेत्रका प्रेरक व्यक्तिहरूको सूचीमा परेका पर्दछन् भने उनले पाँच पटक गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।

पछिल्लो पटक उनले २०२१ को मार्चमा ५ औं विश्व रेकर्ड कायम राखेका थिए । उनले ३० सेकन्डमा १३ पटक सम्म  ‘फुल ट्विस्ट ब्याक फ्लिप’ गरेर पाँचौं पटक वर्ल्ड रेकर्ड कायम गर्न सफल भएका हुन ।  यो विधामा यस अघिको आठ पटक सम्मको कीर्तिमान उनले तोडेका थिए ।

सन् २०१७ मा ‘द मस्ट ट्विस्टिङ ब्याकफिल्प अफ वाल इन वान मिनेट’मा पहिलो विश्व रेकर्ड राख्न सफल भए भने सन् २०१८ मा ‘द मस्ट ब्याकवार्ड सोमरसल्ट एगेन्स्ट वाल इन ३० सेकेन्ड’ मा दोस्रो विश्व कीर्तिमान बनाएका थिए । उनले ३० सेकेन्डमा ‘द मस्ट ट्विस्टीङ ब्याकफ्ल्पि अफ वाल’ मा तेस्रो विश्व कीर्तिमान राखेका थिए ।

२०७६ माघमा ट्राम्पोलिनमा ‘ब्याक समरसल्ट’ अर्थात् उफ्रिन मिल्ने लचकदार रबरको सामग्रीमा उल्टो जम्प हानेर चौथो वर्ल्ड रेकर्ड कायम गरेका थिए । उनले एक घन्टामा ४६० पटक ट्राम्पोलिनमा ब्याक समरसल्ट गरेका थिए ।