logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नेकपा सचिवालय बैठक स्थगित


अंकुरण खबर
884
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो ।

आजको बैठकमा पार्टी र सरकारबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको भए पनि बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको नेकपाले जनाएको छ ।

सचिवालय बैठकले मन्त्रीपरिषद पूर्नगठन बारे समेत छलफल हुने बताएको थियो । केपी शर्मा ओलीले उक्त विषयमा केही दिन यता शिर्ष नेतृत्वसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।