logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
611
Shares

पछिल्लो २४ घण्टामा २० हजार ९ सय ५९ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज भने पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणको कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन ।

५ हजार ७ जनामा नमुना पीसीआर परीक्षण गर्दा ३ सय ४२ र १५ हजार ९ सय ५२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४० जनामा संक्रमण देखिएको हो ।

कोरोना भाइरसका कारण देशमा अहिले सम्म ११ हजार ५ सय ९४ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइको छ ।

पछिल्लो २४ घण्टामा देशभर २५२ जना निको भएका छन् भने  यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ८ लाख १२ हजार २१० पुगेको छ ।

अहिले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ६९ रहेको छ ।