logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाल्पामा दुमलामी सवार बस दुर्घटना


अंकुरण खबर
1.04K
Shares

बुटवलदेखि रिडी हिँडेको बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना भएको छ ।

आइतबार बिहान साढे १० बजेको समयमा शव बोकेर रिडीतर्फ जाँदै गरेको  लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा सात जनाभन्दा बढीको मृत्यु भएको स्थानीयले बताए पनि पुष्टि हुन बाँकी छ ।

बसमा करिव ३५ जना मलामी सवार रहेको बताइएको छ । बसमा सवार ६ जना गम्भीर घाइते रहेको हुँदा उपचारका लागि जिल्ला सदरमुकाम पठाइएको र बाँकीको अवस्था सामान्य रहेको छ ।

अहिले प्रहरी र स्थानीयसहितको टोलीले उद्दार कार्य गर्दै आएको छ ।