logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

कपिलवस्तुको शिवनगरबाट ५ थान एसएमजी राइफलसहित म्यागजिन र गोली बरामद


अंकुरण खबर
1.417K
Shares

नेपाल प्रहरीले कपिलवस्तुको शिवनगरबाट ५ थान एसएमजी राइफलसहित त्यसमा प्रयोग हुने म्यागजिन र गोली बरामद गरेको छ ।

नियन्त्रणमा लिइएका हतियार तथा गोली विप्लव समूहको भएको प्रहरी दाबी छ । कपिलवस्तुको शिवनगर नगरपालिका–१ बाट शुक्रबार ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय, दाङले जानकारी दिएको छ ।

विप्लव समूहले हतियार ल्याउँदैछ भन्ने ५ नं प्रदेश प्रहरी कार्यालय, दाङको विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त गस्ती टोली खोजीमा जुटेको थियो ।

त्यही टोलीले कपिलवस्तुको शिवनगरस्थित एक गोठबाट सुटकेसभित्र राखिएको अवस्थामा ती हातहतियार नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ । बरामद हतियार विप्लव समूहको हुनसक्ने आशंका प्रहरीको छ ।