logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

माओवादी महाधिवेशन : साढे दुई घन्टा पछि बन्दसत्र सुरु


अंकुरण खबर
520
Shares

नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हल भित्र प्रवेश गरे पछि दिउँसो ४: २५ बजेबाट बन्दसत्र सुरु भएको हो । शनिबार बसेको बन्दसत्र आइतबार बिहान २ बजे सम्मका लागि स्थगित गरिएको थियो ।

बन्द सत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् । स्थायी कमिटीको बैठक सकिएपछि बन्दसत्र सुरु भएको हो ।आजको बन्दसत्रमा प्रचण्डले १५ पदाधिकारी सहित दुई सय ९९ केन्द्रीय कार्य समितिको सूची प्रस्तुत गर्ने बुझिएको छ ।