काठमाडौं- नारायणगढ मुग्लिन सडक अन्र्तगत गाईघाटमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुवै मोटरसाईकलका चालक घाईते भएका छन् ।
आज दिउँसो सवाँ १२ बजेको समयमा नारायणगढबाट मुग्लिन तर्फ जादै गरेको बा ५३ प १६५० नम्बरको मोटरसाईकल र मुग्लिनबाट नारायणगढबाट तर्फ आउदै गरेको ग १७ प ४५६४ नम्बरको मोटरसाईकल भरतपुर महानगरपलिका- २९ गाईघाटमा एक आपसमा ठोक्किएको ईलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ ।
दुर्घटनाका दुबै घाईतेलाई उपचारकालागि भरतपुर तर्फ ल्याइएको प्रहरीले जानकारी दिएको छ ।