logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जंगली हात्तीको आक्रमणबाट चितवनमा बाबुछोराको मृत्यु


अंकुरण खबर
1.638K
Shares

काठमाडौं – माडी नगरपालिका वडा नं ९ पुरानो अम्बुबा पोष्ट नजिकै देउराली ओरालोमा आज बिहान जंगली हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी १ बरुवाका ६५ वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, माडीका अनुसार, लु ३१ प २९११ नम्बरको मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ जाँदै गरेका उनीहरुलाई जंगली हात्तीले आक्रमण गरेको हो ।

हात्ती देखेपछि मोटरसाइकल रोकेर भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।